३ जना जुवाडे पक्राउ

काठमाडौँ । सुनसरीको इटहरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाबाट जुवाडेहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा इटहरी–५ घर भएका ४० वर्षीय दीपेन्द्र कार्की सहित ३ जना छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ४९ हजार ५ सय रुपैयाँ नगद र दुई बुक तास बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस