बनेपा नगरपालिकाको पहिलो पटक शाखागत बार्षिक समीक्षा

काभ्रे । जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाले पहिलो पटक शाखागत बार्षिक समीक्षा सम्पन्न गरेको छ । २०३८ सालमा स्थापना भएको यो नगरपालिकाले पहिलो पटक आज यसरी शाखागत रुपमा आर्थिक वर्ष २०७९/८० को बार्षिक समीक्षा गरेको निकै लामो समय नगरपालिकामा काम गरेक कानून अधिकृत श्याम कृष्ण त्रिपाठीले बताए ।

२०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनबाट मेयरमा निर्वाचित शान्ति रत्न शाक्य नेतृत्वको बनेपा सरकारले ल्याएको पहिलो बजेटको समीक्षाबाट शाखागत समीक्षाको थालिन गरिएको हो ।

यसरी शाखागत रुपमा पहिलो पटक समीक्षा गर्दा शाखा प्रमुखदेखि कर्मचारीसम्म अचम्मित परेका थिए । अधिकांश शाखा प्रमुखहरुले यसरी पहिलो पटक प्रगती प्रतिवेदन तयार पारेको बताए । आ–आफ्नो शाखाको प्रस्तुतीमा प्रमूख एवं शाखाका प्रतिनिधिले पहिलो पटक भएकाले कतै भुल भए माफि गर्न आग्रह गरे ।

मेयर शाक्यले नगरपालिकाको आमुल सुधारका लागि नीतीगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । ‘हामी काभ्रे जिल्लाको पहिलो नगरपालिका हौँ ।

हामीले धेरै कुरा गर्नु छ । हामीलाई एउटा कुशल प्रशासक चालिएको थियो । अहिलेको प्रमुख प्रशासकीय अधिकृतबाट सुधारको सुरुवात भएको छ । नीतिगत रुपमा हामीले गर्नुपर्ने के–के हुन्, गर्न तयार छौँ । नगरपालिका सधै पहिलेकै जसरी चल्न सक्दैन । चल्न दिनु हुँदैन । किन भने हामी नयाँ ब्यक्ति आएका छौँ ।’ मेयर शाक्यको भने ।

उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत चापागाईले कार्यक्रममा समस्या र समाधानका खाका प्रस्तुत गरेका थिए । उनका अनुसार आज प्रस्तुत गरिएको शाखागत वार्षिक समीक्षाको एकीकृत प्रगति प्रतिवेदन सहित यही ३० गते सार्वजनिक सुनुवाईको आयोजना गरिनेछ । त्यो दिन नगरपालिकाको एकीकृत प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । ‘बढी भन्दा बढी नगरबासीको सहभागितामा हामी सार्वजनिक सुनुवाई गर्छौ । नगरबासीको सुझाव सुन्छौँ । कार्यान्वयनका लागि गर्नुपर्ने काम थालनी गर्छौँ ।’ प्रमुख प्रशासकीय अधिकृत चापागाईको भनाई छ ।

बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५२ प्रतिशत मात्रै खर्च भएको छ । आगामी वर्ष पूँजीगत खर्चलाई बढाउन आवश्वक रणनीति र कार्यतालिका सहित काम गर्ने प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस