प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा भर्ना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् ।

मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ ।

डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस