सोमबार, बैशाख ०७, २०८३
काभ्रेको बेथानचोकमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका–१ निगालेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो खानीखोला गाउँपालिकाको तालढुंगाबाट बेथानचोकतर्फ आउने क्रममा उक्त बाेलेराे दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका पसूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज करिब १४ः४० बजेको समयमा बेथानचोक गाउँपालिका–१ निगाले स्थित तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै गरेको बा १४ च ७०७७ नं. को डबल क्याप बलेरो दुर्घटना भएको हो।

बोलेरोमा सवार १८ जनामध्ये ११ जना घाइते भएको उनले जानकारी दिए, घाइते ११ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिए ।

श्रेष्ठका अनुसार घाइतेहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालतर्फ ल्याइँदै छ। बोलेरोको ब्रेक फेल भई सडकबाट पल्टेको प्रहरीले जनाएको छ।

बेथानचोक दुर्घटनाका घाईतेहरुको विवरण:-
१.स्याङजा पुतलीबजार ५ बस्ने बर्ष ३६ की सिर्जना नेपाली- बायाँ हातको पातामा चोट ,अवस्था सामान्य ।
२ सिर्जना नेपालीका छोरा बर्ष १३ को सुबम श्रेष्ठ- अवस्था सामान्य
३ सिर्जना नेपालीकै छोरा बर्ष ५ को सुरज श्रेष्ठ- अवस्था सामान्य
४.काभ्रे चौरीदेउराली ७ बस्ने बर्ष ४० की नविना लामा-टाउको र बायाँ हातमा चोट, अवस्था मध्यम
५. खानिखोला ५ मिल्चे बस्ने बर्ष ४० की रचना मगर -देब्रे घुडामा चोट सामान्य ।
६. रचना मगरकी छोरी बर्ष १६ की ईन्जिला सोडारी- देब्रे खुट्टामा चोट मध्यम ।
७. दोलखा कालिन्चोक ३ बस्ने बर्ष ३२ की मिना श्रेष्ठ- टाउकोमा चोट अवस्था मध्यम ।
८. काभ्रे खानिखाला ६ बस्ने बर्ष ३५ को दिपेन्द्र राना – दाहिने आँखा, बायाँ हातमा चोट मध्यम
९. काभ्रे पाचखाल न.पा १२ बस्ने बर्ष ३५ की भक्त कुमारी लामा-दाहिने हातको पातामा चोट अवस्था मध्यम
१०. काभ्रे बेथानचोक -१ बस्ने बर्ष ७४ को सिङताङ तामाङ-टाउको र गर्धनमा चोट, अवस्था मध्यम
११.एक जनाको नाम खुल्न बाँकी

– जिल्ला प्रहरी कार्यालय, काभ्रे

 

सिफारिस

ताजा समाचार

लोकप्रिय