काभ्रेमा पराल बोकेको निसान गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

काभ्रे । काभ्रेमा पराल बोकेको निसान गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२, स्थित कुशादेबीमा पराल बोकेको निसान गाडी दुर्घटनामा भएको हो । दुर्घटनामा परी पनौती न.पा.-२ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य र बेथानचोक गाउँपालिका-२ का बर्ष ५० को शिब बिक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार सिलाभन्ज्याङ स्थितमा कुशादेवीबाट नयाँ गाँउ तर्फ जादै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी तीन जना घाइते भएका थिए । गम्भीर घाइते भएकालाई उपचारका लागि हस्पिटल लैजाने क्रममा बाटोमै दुई जनाको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका बेथानचोक गा.पा. २ बर्ष ४५ की सारदा तिमल्सिना टाउको, घाँटीमा र दुबै हात खुट्टामा चोट लागेको प्रहरीले बताए । घाइते तिमल्सिनाको सिरमेमोरीयल अस्पतालमा उपचार भई रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस