काभ्रे । दुई महिलालाई पसल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।
बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दोलखाको भीमेश्वर नगरपालिका–७ की ६३ वर्षिया दुर्गा विक र ३५ वर्षिया विनिता विकलाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेको बनेपा नगरपालिका–७ स्थित शकुन्तला श्रेष्ठले सञ्चालन गर्दै आएको जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । दुर्गा र विनिता सासु बुहारी हुन् ।
प्रहरीले उनीहरुको साथबाट १६ सेट कुर्ता सुरुवाल र ६ थान टप्स बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुविरुद्ध काभ्रे जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



















