काभ्रे प्रशासनले तोक्यो देउसी भैलो खेल्ने समय

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहारमा राति साँढे नौ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दैै कार्यालयले शुभदिपावली, छठ, नेपाल संवत् लगायतका पर्वहरुको अवसरमा जिल्लावासी सबैलाई शुभकामना दिएको छ ।

सूचनामा थप भनिएको छ – चाडपर्वको अवसर पारेर हुन सक्ने चोरी,ठगी, गैरकानूनी,अवैध कारोबार÷ कृयाकलापबाट सचेत हुन, पटका अतिसवाजी जस्ता प्रज्ज्वलनशील एवम् विस्फोटक पदार्थ उत्पादन, ओसारपसार,बिक्री वितरण र प्रयोग नर्गनु हुन देउसी,भैलो मेला महोत्सव सभ्य,सुरक्षित र मर्यादित रुपले संचालन गर्नसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस