जुवातास खेल्ने ७ पक्राउ

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुरले जुवातास खेलिरहेका चैनपुर नगरपालिका-३ तीनखोप्रेका प्रेमबहादुर कटुवाल, रिन्जेवांदी शेर्पा, भरत खत्री, रवीन कटुवाल, सुरेन्द्र खत्री सूर्यकिरण भण्डारी र मोहनकुमार अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले बताए । उनीहरुको साथबाट ३८ हजार ३ सय ३५ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

प्रनाउ श्रेष्ठका अनुसार खाँदबारी नगरपालिका ४ मा डाईस पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात गर्ने ४ जना पनि पक्राउ परेका छन् । प्रहरीको मोटरसाईकल तोडफोड र प्रहरीमाथि हातपात गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भीमबहादुर राई, खेदरकुमार राई, ईश्वर मंग्रान्ती र गर्बुराम राई रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस