परालको जोहो

काभ्रे । प्रस्तुत तस्वीर पाँचखाल नगरपालिका वडा नं १० स्थीत बेला सडक दुवै साइडमा परालको मुठा बाँधेरमा घाममा सुकाइएको दृष्य हो ।

गाउँतिर किसानहरू आजभोली पराल भित्र्याउने काममा व्यस्त छन । ग्रामिण प्रायजसो खेतका आसपासका क्षेत्रहरूमा कृषि सडक निर्माण भएकोले धान काटी सकेपछि धान, पराल गाडीमा बोक्दा काममा सहजता हुने गरेको छ। खेतबाट घरसम्म ल्याइएको पराललाई घाममा मज्जाले सुकाएर बर्खाका लागि जोहो गरिन्छ ।

घाममा सुकाएरको पराललाई कुन्ह्यु पारेर राखिन्छ र गाई भैंसीको आहारको रूपमा प्रयोग गरिन्छ । पशु आहारमा पोषणको हिसावले परालको महत्व खासै नभए पनि सुख्खा पदार्थ परिपुर्ती गर्न पराललाई उपयुत्त मानिन्छ ।

भण्डारण र प्रयोग गर्न सजिलो हुनुका साथै परालको आहार पछि पशुहरू टन्न अघाउने भएकाले गाई भैंसीको मुख्य आहारका रूपमा पराललाई लिने गरिन्छ ।

पशुपालक किसानहरूले पराल, हरियो तथा डाले घाँस,मकैको डोडको मिश्रण गरी भुसा बनाइमई बाख्रा,गाइ,भैसीलाई आहार दिईन्छ । परालसंग मिसाएर थोरै घासबाट धेरै वस्तुहरु पाल्न सकिने भएकाले पराल किसानहरूको पहिलो रोजाई बन्न पुगेको छ ।

शब्द/तस्वीर: सन्तोष तिमल्सिना
सडक दुवै साइडमा परालको मुठा बाँधेरमा घाममा सुकाइएको दृष्य

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस