सोमबार, बैशाख ०७, २०८३
धुलिखेल नगरमा रा.स्व.पाको घरदैलो अभियान

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुलिखेल नगरले घरदैलो अभियान गरेको छ । सुझाव सङ्कलनका लागि घरदैलो अभियान सञ्चालन गरिएको संगठन बिभाग संयोजन रबिन्द्र कर्माचार्यले जानकारी दिए ।

उनले भने ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपा धुलिखेल नगरले घरदैलो अभियान सुरु गरेको बताए ।

अभियानका क्रममा धुलिखेल नगरपालिका वडा नम्बर १ देखि १२ वडामा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गरेको संयोजन कर्माचार्यले बताए ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ”, उनले भने । मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा भएको छ ।

घरदैलो अभियानमा पार्टीका प्रदेश सदस्य तथा जिल्ला उप संयोजक पुन्यमाता घिमिरे, क्षेत्रीय सदस्य प्रकाश तिमल्सिना, धुलिखेल नगर सभापति माधव श्रेष्ठ, संगठन बिभाग संयोजक रबिन्द्र कर्माचार्य, नगर सचिव दामोदर गौतम लगायतको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय