काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर-८ भुम्लुटारबाट कौडा खेल्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खाली घरमा कौडा खेलि रहेको छ, भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्लेबाट खटेको टोलीले कौडा खेलिरहेका ४ जनालाई पक्राउ गरेको हो ।
कौडा खालबाट १२ हजार ३ सय ८५ रुपैयाँ र उनीहरुको साथमा रहेको ६७ हजार ९० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



















