काभ्रे । मदानी बिट मिडिया प्रा.लीद्वारा संचालित ‘हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ भन्ने नारा सहित राष्ट्रिय स्तरको संचारमाध्यम मदानी विट डटकम शुभारम्भ गरिएको छ ।
पुर्व सूचना तथा संचारमन्त्री एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सांसद गोकुल बास्कोटाले मदानी बिट डटकमको शुभारम्भ गरेका हुन् । हिमालय दृश्यमा आयोजित विशेष शुभारम्भ कार्यक्रममा बास्कोटाले दिप प्रज्वलन सहित मदानी बिट डटकमको शुभारम्भ गरेका हुन् ।
सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्ने जमर्को सहित शुभारम्भ गरिएको अनलाईन पोर्टलले समाजका हरेक आयामहरुलाई मथेलेर सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने बताएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा विगत लामो समयदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील एवं पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाको अध्यक्षतामा सञ्चालित मदानी बिटको सुरुवातले जिल्लामा सूचना तथा सञ्चारको क्षेत्र थप मजबुत हुने भएको छ । अनलाइन उद्घाटनको क्रममा प्रा.लि.का अध्यक्ष तिमल्सिनाले सञ्चार माध्यमको भिडमा एक थप्ने उद्देश्यले नभई आम पाठक समक्ष नमुना ढंगबाट सूचना प्रदान गर्ने अठोटका साथ मदानी डट कमको सुरुवात गरेको बताए ।
काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित संघीय सांसदहरू ‚ प्रदेश सांसदहरू, पूर्व मन्त्रिहरु, जिल्लाका सुरक्षाकर्मी ‚ सञ्चारकर्मी ‚ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको‚ विभिन्न संघ संस्था साथै जिल्लाका प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा अनलाइन उद्घाटन भएको थियो ।
हेर्नुस् मदानी बिट डटकम अनलाइन सुभारम्भ भएको तस्बिरहरू :


























