भुकम्प पिडितलाई तरुण दल काभ्रेको सहयोग

काभ्रे । नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिले जाजरकोट रुकुम पश्चिम लगायतका जिल्लाका भुकम्प पिडितलाई राहत रकम पठाएको छ ।

काभ्रे जिल्ला कार्यसमितिले स‌ंकलन गरेको ५० हजार रुपैयाँ आज एक कार्यक्रम मार्फत नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेको नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाले जानकारी दिए ।

अध्यक्ष लामाले हरेक बिपतमा नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिको तर्फबाट हरेक दु:खद समयमा सहयोग गर्दै आएकोमा जिल्ला कार्यसमिती परिवारलाई बिशेष धन्यवाद आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । तरुण दलले आम नागरिकको हरेक सुख दुखमा साथ साथै रहने अध्यक्ष लामाले बताए ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य स्मिता मोक्तान, दिल लामा, कमल लामाका साथमा तरुण दल काभ्रेका उपसभापतिद्दय सचेत दुवाल र बिजेन रन्जित, जिल्ला सचिव सुरज तिमल्सिना लगाएको उपस्थिती रहेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय