जागरण मिडिया सेन्टरको साधारण सभा तथा अधिवेशन शुरु

काभ्रे । जिल्लाको धुलिखेलमा जागरण मिडिया सेन्टरको २४ औं साधारण सभा तथा ८ औं अधिवेशन शुरु भएको छ ।

साधारण सभा तथा अधिवेशनको बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सभामुख पाठकले समाज रूपान्तरणमा मिडियाको भुमिका महत्वपुर्ण छ । समाजमा दलित समुदायको ठूलो योगदान रहेर पनि उत्पीडिन सहनु परेको छ ।

जातिय विभेदको अन्त्य आवश्यक रहेको सभामुख पाठकले बताए । प्रदेश सरकारले दलित शसक्तिकरण ऐन ल्याउन भुमिका निर्वाह गर्ने बताए । ‘बागमती प्रदेश सरकारले ल्याउने पर्ने विद्येय, ऐन र कानुन निर्माणका लागि मेरो तर्फबाट साझा प्रयन्त हुनेछ ।’ सभामुख पाठकले भने ।

संविधान अनुसार प्रदेश सरकारले दलित शसक्तिकरण ऐन ल्याउनु पर्ने ब्यबस्था छ । मधेस प्रदेशमा यो ऐन कार्यान्वयनमा आईसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले ऐन ल्याइसकेको छ

सभासद एवं सल्लाहकार विनोद पहाडीले काभ्रेका अजित मिजारको विषयमा सदन र सडक आन्दोलन गर्नु पर्नेमा जोड दिए । उनले संविधानमा उल्लेखित ब्यवस्थालाई कार्यान्वयन गर्न नसकिएको बताए ।

सांसद रत्न ढकालले राजनीतिक रूपमा धेरै परिवर्तन आइसकेको बताए । बिभेदमा पनि धेरै कम भएको भन्दै मिडियाले सत्य, तथ्य कुरा बाहिर ल्याउनु पर्नेमा बताए ।

सभासद एवं जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले समाजमा उत्पीडिन सहेर बसेका समुदायका लागि आफुहरुले काम गर्दै आएको बताईन । मुद्दाको हिसाबले जागरण मिडिया सेन्टर साझा रहेको उनको भनाई थियो ।

प्रदेश सांसद भूवनेश्वरी श्रेष्ठले दलित मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने बताउनुभयो । जागरण मिडिया सेन्टरका वरिष्ठ उपाध्यक्ष मिलन परियारले दलितको मुद्दा स्वीकार गर्न अझै पनि समस्या रहेको बताउनुभयो ।

यसैबीच अधिवेशनको अवसरमा सुवास दर्नाल राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार विनु सुवेदीलाई प्रदान गरिएको छ । दलित तथा समाजमा उत्पीडनमा रहेको वर्गको पक्षमा कमल चलाउँदै आउनुभएकी सुवेदीलाई १० हजार रूपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस