काभ्रे । जिल्लाको बीपी राजमार्ग अन्तर्गत पनौती नगरपालिका वडा नम्बर ५ सुन्दर बस्तीमा सवारी दुर्घटना हुदाँ ९ जना घाईते भएका छन् ।
दुर्घटनामा ६ जना पुरुष र तीन जना महिला घाईते छन् । घाईते उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।
सर्लाहीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बाग्मति प्रदेश ०४-००१ ज ००११ नम्बरको ईलेक्ट्रिक गाडि आफै अनियन्त्रीत भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालक जिल्ला सिन्धुली कमलामाई न.पा.२ बस्ने चन्द्र बहादुर भट्टराई प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए ।
उक्त दुर्घटनामा जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा.१ बस्ने बिमला खड्का, जिल्ला सिन्धुली कमलामाई न.पा.१५ का सोम माया घिसिङ, भारत सितामणी जिल्ला घर भएका सुदन चौधरी, जिल्ला सिन्धुली कमलामाई न.पा.१५ का गुड्डु चौधरी, जिल्ला सिन्धुली तिनपाटन गा.पा.५ का भुवन परियार, जिल्ला सिन्धुली तिनपाटन गा.पा.५ का दिपेश राउत, जिल्ला सर्लाही कवलासी न.पा.६ का बिकास साह, जिल्ला सर्लाही कवलासी न.पा.६ का बिजय साह र जिल्ला सिन्धुली कमलामाई न.पा.१५ का सीता तामाङ घाइते भएका छन् ।
घाइतेहरु सबै जनाको धुलिखेल अस्पतालमा उपचार भै रहेको प्रहरीले जानकारी दिए ।



















