मंगलबार, बैशाख ०८, २०८३
१५ लाख घुससहित काभ्रेका वडाध्यक्ष पक्राउ

काभ्रे । १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका वडा नम्बर-९ का वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा-७ मिलनटारका पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

वडाध्यक्ष नृपेश बादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय