प्रेस चौतारी काभ्रेको स्थापन दिवस बाल गृहमा

काभ्रे । प्रेस चौतारी काभ्रेले आफ्नो २६ औं स्थापना दिवस बाल गृहमा मनाएको छ ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर-३ स्थित हेल्प नेपाल नेटवर्कद्धारा सञ्चालित बाल गृहमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्दै स्थापना दिवस मनाइएको हो ।

प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले बालबालिकाहरुलाई अध्ययनका लागि सहयोग पुग्ने विश्वासका साथ शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताए । उनका अनुसार बाल गृहलाई सहयोग गर्न आफुहरु पनि तत्पर रहेको संकेतका रुपमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा हेल्प नेपाल धुलिखेलका पुर्ण कार्कीले बाल गृहमा ९ जिल्लाका २३ जना बालिका रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस