सोमबार, बैशाख ०७, २०८३
न्यूजिल्याण्डभन्दै जर्जिया पुगाएपछि, एक युवकद्धारा आत्महत्या

काभ्रे । न्यूजिल्याण्डभन्दै दलालले जर्जिया पुगाएपछि एक युवकले आत्महत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर – २ कुशादेवी पातीखोरियाका २२ वर्षीय दिपेन्द्र हुमागाईंलाई दलालले न्यूजिल्याण्डभन्दै जर्जिया पुगाएका थिए।

जर्जियाबाट उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेपछि नेपाल फर्काइएको थियो। गतसाता नेपाल फर्केका हुमागाईंले आइतबार आत्महत्या गरेका हुन्।

न्यूजिल्याण्ड जानका लागिभन्दै उनले १२ लाख रुपैयाँ दलाललाई बुझाएको र सो रकम फसेको भन्दै तनावका कारण उनले आत्महत्या गरेको हुन सक्ने परिवारको आशंका गरेका बताएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय