मंगलबार, बैशाख ०८, २०८३
धुलिखेल नगरको ३८ औं स्थापना दिवस

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाको ३८ औ स्थापना दिवस सम्पन्न भएको छ । स्थापना दिवस धुलिखेल नगरभित्रका सात कन्याहरुद्वारा उद्घाटन गरिएको हो । स्थापना

बालक्लव सञ्जालकी दिविसा श्रेष्ठ, सिद्धार्थ बालगृहकी टुहुरी बालिका खुशी परियार, मजदुर परिवार रोजिना तामाङ, अपाङता भएकी बालिका शिरीषा तामाङ, दलित बालिका प्रशंशा विक, मगर समुदायकी बालिका अनुघा थापा मगर, नेवारी समुदायकी बालिका ऋषिमा श्रेष्ठद्वारा नगरपालिकाको स्थापना दिवसको उद्घाटन गरिएको थियो ।

नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख निराजन जंगमले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, सम्मानित ब्यक्तित्व चण्डीप्रसाद श्रेष्ठ र बरिष्ठ संगितकार सुरेश अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले धुलिखेललाई हेरेर सिंगो काभ्रे जिल्लाको चित्रण हुने भएकाले धुलिखेल नगरपालिकाले गर्ने हरेक कार्यहरुलाई प्राथमिकतामा राख्न सुझाव थिए । प्रशासनिक, पर्यटकिय क्षेत्र भएकाले यसलाई अझै विकसित गर्न नगरपालिकाले लिएका लक्ष्यहरु पुरा गर्ने गरी भएको सक्रियतालाई निरन्तरता दिन सुझाव दिए ।

सम्मानित ब्यक्तित्व चण्डीप्रसाद श्रेष्ठले धुलिखेलले इतिहासलाई संरक्षण गर्न र पुरातत्व तथा नयाँ प्रविधिलाई समेत सँगसँगै लैजान ध्यान दिनु पर्ने बताए । बरिष्ठ संगितकार सुरेश अधिकारीले नेपालमा मात्रै नभई विश्वमै कमाएको ख्यातीलाई निरन्तरता दिन सुझाव दिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, पुर्व उपप्रमुख विमला शर्मा, जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, धार्मिक गुरु तथा अगुवाहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरु, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय