सोमबार, बैशाख ०७, २०८३
सात एसपीको काज सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका सात जना उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबारको निर्णयअनुसार उपरीक्षक (एसपी)को काज सरुवा गरेको हो ।

सरुवा सूची अनुसार श्यामसिंह चौधरी धनकुटा प्रहरी प्रमुखको रुपमा सरुवा भएका छन्। त्यस्तै, विनोद सिलवालको सर्वोच्च अदालतमा सरुवा भएको छ ।

बिमल बस्नेतको मर्यादापालक, वीरेन्द्र शाहीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएको छ। त्यस्तै, विमलराज कणेलको प्रहरी कल्याण महाशाखा, बालनरसिंह राणाको प्रहरी प्रधान कार्यालय महिला बालबालिका, नान्तीराज गुरुङको प्रहरी प्रधान कार्यालय ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको हो।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय