एसपी जोशीले सम्हाले कञ्चनपुर प्रहरीको कमाण्ड
बिहिबार, फाल्गुण १०, २०८० | ६:३६:३९

धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सम्हालेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको फागुन १ गतेको पत्रनुसार सरुवा भएर कञ्चनपुर आएका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले कार्यभार सम्हालेका हुन ।
एसपी जोशी लागु औषध नियन्त्रण ब्युरो, अपराध अनुसन्धान तथा कारवाही शाखा काठमाण्डौँबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कार्यालय प्रमुख भएर आएका हुन ।
कार्यभार सम्हालेका एसपी जोशीले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।