काभ्रेका समन्वय प्रमुख गौतमले थाले आमरण अनशन

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड समयमा नै काम नगरेर अलपत्र पारिएको र निर्माण छिटो गर्ने दबाब दिन भन्दै आमरण अनशन थालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई बोलाएर तत्काल सक्न निर्देशन दिने बताएपनि काम अघि नबढेपछि प्रमुख गौतम अनसन बसेका हुन् । ‘काम गर्नको लागि एक महिना पनि पर्याप्त समय हो,’ गौतमले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्री उपस्थित कार्यक्रममा छिटो काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिदा पनि काम नभएकोले आमरण अनशन थालेको हुँ ।’ काम गर्ने प्रशस्त आधार तयार भएपछि भौतिक पूर्वाधार मन्त्रीको उपस्थितिमा निर्माण व्यवसायीले काम थाल्ने लिखित प्रतिवद्धता नगरेसम्म अनसन नतोडिने गौतमले बताए ।

२०७२ साल जेठ २० गते सम्झौता भएर २०८० साल चैत्र १९ गते सम्पन्न गर्नुपर्ने गरी ठेक्का पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिले हालसम्म १५ प्रतिशत मात्रै काम सकेपनि कामले गति लिएको छैन ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्गको अवस्थाका कारण सवारी दुर्घटना भइ यात्रुहरु घाइते हुने र मृत्युको जोखिम समेत बढेको भन्दै यथासिघ्र निर्माण सम्पन्न गराउन भन्दै धुलिखेल ८ र पाँचखाल वडा नं ५ का जनताका प्रतिनिधीको तर्फबाट ज्ञापनपत्र बुझाइएको थियो । सरोकारवालासंगको छलफलमा पटक–पटक समयमा नै काम सकाउने प्रतिवद्धता जनाएपनि निर्माण व्यवसायीले कामलाई गति दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस