मंगलबार, बैशाख ०८, २०८३
जिसस प्रमुख गौतमले तोडे अनशन, पाँच बुँदे सहमति

काभ्रे । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले आमरण अनशन स्थगित गरेका छन् । शनिबार (आज) साँझ जिसस प्रमुख गौतमले आमरण अनशन स्थगित गरेका हुन् । धुलिखेल–खावा सडक विस्तारमा ढिलाई भएको भन्दै शुक्रबारबाट आमरण अनसनमा बसेका जिसस प्रमुख गौतमले ५ बुँदे सहमति गरेसँगै अनसन स्थगित गरेका हुन् ।

जिसस प्रमुख गौतमले निर्माण व्यवसायी तथा सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिसँग फागुन १५ गते भित्र १०० जनशक्ति, ४ स्काभेटर, ७ टिप्परसहित आवश्यक सामग्री व्यवस्था गरेर काम सुरु गर्ने र कामलाई तिव्रता दिने सहमती गरेका छन् । ३ दिनभित्र काम सुरु नगरे तथा काममा तिव्रता नदिए सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गर्न प्रक्रिया अगाडि बढाउन र सो पश्चात् निर्माण कम्पनी उजुर नगर्ने सहमति गरिएको छ ।

त्यस्तै सहमति पत्रमा निर्माण व्यवसायी गौरी पार्वती निर्माण सेवाका प्रोपाइटर रामकुमार थापा, निर्देशक विशाल थापाले हस्ताक्षर गरेका छन् भने सडक डिभिजन कार्यालय भक्तपुरका तर्फबाट प्रमुख मेघराज मरासिनी, इन्जिनियर सुमन बस्नेतले हस्ताक्षर गरेका छन् ।

पाँचखाल नगरपालिका वडा नम्बर–५ का अध्यक्ष सिताराम ढुंगाना, धुलिखेल नगरपालिका वडा नम्बर–८ का अध्यक्ष विनोद गौतमको रोहवरमा सहमति भएको थियो । त्यस्तै सडक विभाग उपनिर्देशक रामहरि पोखरेल, संघिय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका सिनियर डिभिजन इन्जिनियर अर्जुन अर्याल, काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको उपस्थितिमा सहमति भएको थियो

सिफारिस

ताजा समाचार

लोकप्रिय