मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन राष्ट्रपतिले उद्घाटन गर्ने

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । नगरपालिकाको प्रशासनिक भवनको पूर्वाधार निर्माण कार्य करिब सकिएको छ । हालसम्म निर्माणको भौतिक प्रगती ९९ प्रतिशत र वित्तीय प्रगती ९९ प्रतिशत भएपनि भवन उद्घाटन गर्न लागिको नगरप्रमुख टोक बहादुर वाईबाले बताए ।
नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी वडा नम्बर-३ का वडाध्यक्ष नगर प्रवक्ता पुरुषोत्तम बजागाईले नगरपालिकाले स्थापना दिवस दिनको फागुन २७ गते नवनिर्मित भवनको समुद्घाटन राष्ट्रपति पौडेलले गर्ने जानकारी दिए । नवनिर्मित भवनबाट २०८० साल असोज ३ गते संविधान दिवसको दिनबाट सेवा मात्र सुचारु गरिएको हो । यस नयाँ भवनको औपचारिक उद्घाटन गरिएको छैन् ।
नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा छन् । दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचलय निर्माण गरिएको छ । लिफ्ट जडान गरिएको छ । जसले गर्दा अपाङ्गता भएका व्यति र ज्येष्ठ नागरिकलाई सम्बन्धित शाखामै पुगेर सेवा लिन सहज भएको छ ।