सोमबार, बैशाख ०७, २०८३
दुई प्रहरी घुससहित पक्राउ

महोत्तरी । घुस लिँदै गरेको अवस्थामा दुई जना प्रहरीलाई महोत्तरीबाट अख्तियारको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा छन् ।

आरोपीहरुको साथबाट २० हजार घुस लिएको रकम बरामद गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । गौशाला नगरपालिका–१२ स्थित गौरीटोलबाट पक्राउ गरेर उनीहरूमाथि अख्तियारको कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय