मंगलबार, बैशाख ०८, २०८३
पूर्वराजा ज्ञानेन्द्रद्धारा लड्केश्वर कोटीहोममा विशेष पूजा

काभ्रे । पूर्वराजा ज्ञानेन्द्र शाहले काभ्रे जिल्लाको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर धाममा जारी राष्ट्रिय कोटीहोममा पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गरेका छन् ।

पत्नी सहित आँफै कारमा आएका शाहले केही बेर कोटी होमस्थलमा विताएका थिए । उनले कोटीहोमबाट समाज, देश र जनताको कल्याण होस भन्ने कामना समेत गरे । ओमकार फाउण्डेशनको आयोजनमा २०८० फाल्गुन २ गतेदेखि लड्केश्वरमा राष्ट्रिय कोटी होम जारी छ ।

स्थानीयका अनुसार, भक्तपुरका तत्कालिन राजा भुपतेन्द्र मल्लले समेत लड्केश्वर दर्शन गरेको पुरातत्व विभागका दस्तावेजमा उल्लेख छ । पनौती त्रिवेणीधाम दर्शन गर्न आएका मल्लले लड्केश्वर, पलाञ्चोक भगवती र दोलखा भिमसेन दर्शन गरेको उल्लेख छ ।

सोही आधार लड्केश्वरलाई प्राचिन धार्मिक स्थल मानिदै आएको छ । प्रत्येक बर्ष हरिवोधनी एकादशीको दिन लड्केश्वरमा मेला लाग्दै आएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय