मंगलबार, बैशाख ०८, २०८३
आगलागी पीडितलाई आर्थिक सहयोग

काभ्रे । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, काभ्रेले केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको उपस्तिथिमा संघका सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

संघले एक कार्यक्रम आयोजना गरी यही कात्तिक १७ गते पाँचखाल नगरपालिका वडा-४, समाजकल्याण चोक स्थित ट्रेलर्समा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग गरेको नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, काभ्रेका अध्यक्ष सन्जिब बिक्रम थापाले जानकारी दिए ।

उनले आगोलागीबाट पीडित न्यु रिदम टेलर्सका संचालक सुरेश परियारलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, काभ्रेले ५२,६००।- (बाउन्न हजार छ सय) सहयोग गरेको बताए । सहयोगको भावना राखी केही आर्थिक सहयोग गरेको जानकारी दिए ।

उक्त सहयोगमा वरिष्ठ उपाध्यक्ष सुर्य थापा, सचिब गँगा तामाङ, सह-सचिब चेत महत, कोषाध्यक्ष मन श्रेष्ठ, सद्स्यद्वय राजकुमार जैरु र रमेश नेपालीको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय