समाजवादी काभ्रेको जिल्ला अधिवेशन चैत ३ र ४ गते हुने

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)काभ्रेको १० औं जिल्ला अधिवेशन चैत्र ३ र ४ गते हुने भएको छ ।

बनेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै १० औँ अधिवेशनको तयारीबारे जानकारी दिएको हो । उक्त जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा अधिवेशनको लागि वडा, नगर गाउँ तथा जनवर्गिय संगठनहरुबाट ४ सय ७६ जना प्रतिनिधिहरु निर्वाचित भई जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष बसुन्धारा हुँमागाईंले जानकारी दिए।

काभ्रेमा साँढे दुई वर्षमा ३ हजार ९ सय ६६ संगठित पार्टी सदस्यहरु विस्तार भएको जानकारी दिएको छ । १३५ वटा वडाहरुमध्ये हालसम्म ११७ वटा वडाबाट अधिवेशनमा प्रतिनिधि छनोट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस