काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका-१० स्थित दोलालघाटमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते छन् ।
सुन्दर श्रेष्ठको घरमा डेरा लिई बस्ने ३६ वर्षीया निरमाया तामाङको भान्सामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आगलागीमा निरमाया, सोही घरमा बस्ने सादना तामाङकी ७ वर्षीया छोरी सबिना र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी-११ वर्षीया प्रविसा परियार घाइते भएका छन् ।
घाइते भएका ३ जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको छ । आगो पाँचखाल नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा निभाइएको थियो ।



















