काभ्रे । नेकपा एकीकृत समाजवादी काभ्रेको १० औँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । गएराति अवेरसम्म मतगणना सकिएसँगै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले बसुन्धरा हुमागाईको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ ।
उपाध्यक्षमा रघुवर चौप्रधान र पासाङ ढोल्मु लामा, सचिबमा गोकुल गौतम, उपसचिवमा हरि गोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण तामाङ निर्वाचित हुनुभएको छ । अध्यक्ष हुमागाई र सचिव गौतम सहित ३४ जना भने निर्विरोध निर्वाचित भएका हुन् ।
५८ सदस्यीय जिल्ला कमिटीको बाँकी पदमा अधिवेशन मण्डलले सर्वसम्मतको प्रयास गर्दा असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचित जिल्ला कमिटीको सपथ तथा पदभार ग्रहण कार्यक्रम भने अर्को साता हुने नवनिर्वाचित उपसचिव हरि गोपाल प्रधानाङ्गले बेथानचोक खबरलाई जानकारी दिए ।
कुन कुन पदमा भएको थियो निर्वाचिन ?
दुई जना उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको थियो । दिपक कुमार गौतम, रघुवर चौप्रधान, लाप्साङ तामाङ, यशु लामा, पासाङ ढोल्मु लामा र बी.पी तिमल्सिनाले प्रतिस्पर्धा गरेका थिए ।
तीन जना उपसचिवमा ८ जनाको उम्मेदवारी परेको थियो । जसमा हरिगोपाल प्राधानाङ्ग, कृष्ण बहादुर तामाङ, प्रेम कुमार तामाङ, प्राणनाथ न्यौपाने, रेशम लाल श्रेष्ठ, गोकुल गौतम, भेषराज शाही र सचितानन्द केसीले प्रतिस्पर्धा गरेका थिए ।
खुल्ला क्षेत्र तर्फका ४ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । जसमा रमेश गौतम, देवलक्ष्मी स्याउला, प्रेम प्रसाद बजागाई, राजन प्रसाद पराजुली, रुकमणी अधिकारी, चमारसिं तामाङ, नवीन गुरुङ, गणेश प्रसाद पराजुली, रणेश मगर, दिपक ठकुरी, लालकृष्ण तिमल्सिना, पदम नारायण तामाङ, चन्दा लामा र ईश्वर बञ्जाराले प्रतिस्पर्धा गरेका थिए ।
अल्पसंख्यक दुई पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमा विकास राई, गणेश बहादुर भुजेल, कृशला दनुवार, सोम बहादुर माझी, रमेश बहादुर राई र कल्पना भुजेलले प्रतिस्पर्धा गरेका थिए ।
युवा सदस्य पदको १० जनाका लागि २२ जनाको उम्मेदवारी परेको थियो । जसमा विजय लामा (धनबहादुर), सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राज कुमार शाह, तुल बहादुर तामाङ, अडान शर्मा, रिना वाईबा तामाङ, पर्शुराम लामिछाने, बिमला तामाङ, मनोज थापा, श्याम सुन्दर परियार, ऋषि थापा, केशवराज तिमिल्सिना, राम बहादुर तामाङ, राधिका घेलाल, श्याम प्रसाद नेपाल, अप्सरा न्यौपाने, देवकी श्रेष्ठ, हरिप्रसाद पराजुली, कोपिला तामाङ र बेली मिजारले प्रतिस्पर्धा गरेका थिए ।
चौरीदेउराली गाउँपालिकाको २ पदमा ३ जनाको उम्मेदवारी परेको थियो । जसमा बुद्धि प्रसाद गौतम, गोकुल गौतम र उत्तर बहादुर तामाङले प्रतिस्पर्धा गरेका थिए ।



















