काभ्रे । जिल्लाको नमोवुद्ध नगरपालिका वडा-६ स्थित रोशी खोलामा डुवेर २६ बर्षिय युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज (सोमवार) नमोबुद्ध नगरपालिका वडा-६ रोशि खोलामा रहेको कासिखण्ड बृहत खानेपानि आयोजनामा काम गर्ने कामदार पौडि खेल्ने क्रममा मृत्यु भएको हो ।
रोशि गाउँपालिका वडा-८ खार्पा बस्ने बर्ष ४० को अमर कामी, रोशि १० वाल्टिङ बस्ने बर्ष २२ को मनोज थापा मगर र रोशि गाउँपालिका-६ बस्ने बर्ष २६ को कान्छा मान बि.क सँगै पौडि खेल्न गएकोमा पौडि खेल्ने क्रममा रोशि गाउँपालिका-६ बस्ने बर्ष २६ को कान्छा मान बि.क डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।



















