काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ४ का किसानहरुलाई सुन्तला खेती सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।
कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालका अनुसार गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ४० जना किसानहरुलाई उक्त तालिम दिइएको बताए । गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रम अन्र्तगत वडा नं. ४ को सभाहलमा दिइएको तालिममा कृषि विकास कार्यालय काभ्रेकी बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले सहजीकरण गरेकी हुन् ।
कार्यक्रमबारे प्रष्ट पार्दै बेथानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर लामाले बगैंचामा बोटहरु सुक्ने, मर्ने फलको गुणस्तरमा कमी आउने जस्ता समस्या किसानले भोग्नु नपरोस, सुन्तलाजात फलफूलको स्वस्थ बगैंचावाट राम्रो उत्पादन दिंदै आइरहेको बोटहरुले केही वर्ष पछि नै रोग ग्रस्त लक्षणहरु देखाई क्रमिक रुपले फल सानो हुने भै उत्पादन घट्ने र केही वर्ष पछि नै बगैंचा अनुत्पादित हुने र बोट मर्न सक्ने हुँदा किसानलाई समयमै जानकारी गराउन गाउँपालिकाले तालिमको आयोजना गरेको बताए ।
बेथानचोक गाउँपालिका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको स्थापना भएको स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो ब्यवस्थापन गरे किसानले सुन्तला खेतिबाट राम्रो लाभ लिन सक्ने बताए । उनले सुन्तलाजात फलफूल बगैंचामा देखा पर्ने यस प्रकारको समस्या नै सुन्तलाजात फलफूल बगैंचा मासिएर जाने कारण भएको हुँदा गाउँपालिकाले यस क्षेत्रमा किसान सचेतिकरण गर्दै आइरहेको बताए । उनले सुन्तलाका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएका कारण किसानले सुन्तालाको खेतिमा मिहेनत गर्दा राम्रो लाभ लिन सक्ने बताए ।



















