काभ्रे । जिल्लाको बनेपा नगरपालिका-३ मा रहेको पर्यटयिक क्षेत्र काशीभञ्ज्याङ्गमा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ ।
निरन्तर हावा चलिरहने उक्त क्षेत्रमा राखिएको झण्डा हावाकै कारण च्यातिएको थियो । झण्डा च्यातिएको सामाजिक सञ्जालबाट जानकारी पाए लगत्तै सोमबार विहान आर्शु स्मृति प्रतिष्ठानका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसका अरबिन्द्र गौतमले च्यातिएको राष्ट्रिय झण्डा बदलिदिएका छन् ।
काभ्रे प्रेस र आर्शु स्मृति प्रतिष्ठिनले च्यातिएको झण्डा बदले पछि राष्ट्रियता, राष्ट्रिय झण्डा र त्यसको महत्वका बारेमा सरोकारवाला निकाय संवेदनशिल हुनु पर्ने बताए ।



















