काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नम्बर-६ बल्टारमा ट्रिपर दुर्घट्ना भएको छ ।
कात्तिके देउरालीबाट भिमपाईला जाँदै गरेको बा.प्र.०२-००६ ख.५९०५ नम्बरको खालि ट्रिपर आफैं अनियंत्रित भई दुर्घट्ना भएको हो । ट्रिपरमा सवार सात जना मध्ये ४ जना घाईते भएका छन् ।
घाईतेहरुलाई धुसेनी शिवालय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । ट्रिपर चालक दोलखा जिल्ला तामोकोशी गाउँपालिका घर भएका ३० वर्षीय सिताराम खड्कालाई उपचारका लागि ट्रमा सेन्टर काडमाडौं रेफर गरिएको छ ।
ट्रिपर सडकबाट ५०० मिटर तल खसेको र घाइतेहरुको सबैको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



















