मंगलबार, बैशाख ०८, २०८३
भकुण्डे-तेमाल सडकको अनुगमन,  बिस महिनामा २२ प्रतिशत मात्रै काम
काभ्रे । जिल्लाको भकुण्डे-तेमाल सडकको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति र सडक डिभिजन कार्यालय भक्तपुरले सडकको अनुगमन गरेको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा सम्पन्न गर्ने भन्दै २०७९ साउन १६ गते सम्झौता भएको उक्त सडक समय सिमा सकिन करीब ४ महिना बाकी रहदाँ सडकको काम नभएको भन्दै विभिन्न सञ्चार माध्यमा समाचार आएपछि जिल्ला समन्वय समितिको आयोजनमा भकुण्डे-तेमाल सडकको अनुगमन गरिएको हो ।

भकुण्डेचोक देखि नारायणस्थान मेच्छेसम्म सडक पिच गर्ने आयोजनाको २०७९ साउन १६ गते २० करोड ८९ लाखमा सम्झौता गरी २०८१ साउन १५ गते भित्रमा सक्ने भनी सम्झौता गरेको आयोजना करीब चार महिना बाँकी रहँदा काम नै नभएको भन्ने जनगुनासो र विभिन्न सञ्चार माध्यममा समाचार आएपछि के रहेछ यर्थात भनेर सडकको अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिए ।

दुई वर्ष भित्रमा सक्ने भनिएको आयोजना २० महिना बित्दा करीब २२ प्रतिशत मात्रै काम भएको देखियो । हामीले स्थलगत अनुगमनमा सबै निकायले हेरौ । यो सडकमा ठेकेदार र सडक डिभिजन कार्यालय भक्तपुरको गैरजिम्मेवारीका कारण यो सडक अलपत्र परेको देखियो समन्वय प्रमुख गौतमले भने ।

अनुगमनको क्रममा भकुण्डे-तेमाल सडकको १३ किलो मिटर पिच हुने भनिए पनि आज समय सिमा सकिन्न लाग्दा जम्मा २२ प्रतिशत काम भएको देखिएको छ । सडक अनुगमनको क्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका उपाध्यक्ष डि.एम लामा, सडक डिभिजनका प्रतिनिधि एवं विभिन्न सञ्चार माध्यमका प्रतिनिधि लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय