दुर्गमका विद्यार्थीलाई झोला वितरण

काभ्रे । काभ्रेको बनेपामा रहेको बि एन्ड बि कन्सलटेन्सीले दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई झोला वितरण गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरी महांकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङ कपिराम ललितपुरमा रहेको बागमति आधारभुत विद्यालयका १०० भन्दा माथि बालबालिकालाई झोला वितरण गरिएको हो ।

गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ कन्सलटेन्सीले दुर्गमका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो । बालविकास देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई ब्याग झोला बितरण गरिएको हो ।

विपन्न बालबालिकालाई झोला, वितरण गरिएको बि एण्ड बि कन्सल्टेन्सीकी म्यानेजिङ डइरेक्टर एवं मौसमी फाउन्डेसनकी सस्थापक अध्यक्ष मौसमी लामाले जानकारी दिइन। न्यून आय भएका विद्यार्थीलाई झोला वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने लामाले बताईन ।

झोला पाएपछि विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने छिमेकी गाउँपालिका बागमती गाउँपालिका नम्बर ७ का वडा अध्यक्ष होम प्रसाद बजगाईले बताए । झोला अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको उनको भनाइ छ । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई झोला हस्तान्त्ररण गरेको छ । उक्त विद्यालयमा १ सय जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

बागमति आधारभुत विद्यालयका विव्यस अध्यक्ष तुल बहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिब समाजसेवि प्रबिन कुमार बल बि एण्ड बि कन्सल्टेन्सीका म्यानेजिङ डइरेक्टर मौसमी लामा, डइरेक्टर साङगे लामा (पदम), वडा अध्यक्ष होम प्रसाद बजगाई,वडा सदस्य राज कुमार घिमिरे, संचारकर्मी एवं ब्यबासयी कर्म लामाको बिशेष उपस्थिति रहेको थियो ।

बाल विकास कक्षादेखि ८ सम्मका बालबालिकाहरुलाई सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि झोला सहयोग गरिएको बि एण्ड बि कन्सलटेन्सीका डाईरेक्टर साङगे लामा (पदम) ले बताए । उनले एकता र भावनात्मक रूपमा अडिग रहेर शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि र सामाजिक विषयलाई विकासमा रूपान्तरण गर्दै अगाडि बढ्नु आवश्यकता रहेको बताए ।

आफु जन्मेको हुर्केको गाउँ र पढेको विद्यालयका बालबालिहरुलाई सहयोग गर्न पाउँद म आज खुसी छु गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ अघि बढीरहेको स्मरण गराउदै उनले भने-‘ हामी यहाँको बालबालिकाको लागि सधै दुर्गम बासीको सारथि बन्न तयार छाै ।’बि एन्ड बि कन्सलटेन्सीले विगत दुई दशकदेखी शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस