काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले बाढी प्रभावित विद्यालयको स्थलगत निरीक्षण गरेका छन्।
भदौ १० गतेको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा पुगेको मन्त्रीद्वयको टोलीले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको अवस्थाबारे जानकारी लिएको हो।
प्रारम्भिक विवरणअनुसार तीन जिल्लाका १९ विद्यालय क्षतिग्रस्त, १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ। सरकारले प्रभावित १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।











