काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप बैद्य र बरिष्ठ उपाध्यक्षमा रबिन्द्र बैदार निर्वाचित

काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको ४२औँ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको निर्वाचनबाट अध्यक्ष पदमा प्रताप बैद्य विजयी भएका छन् । अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी रहेकोमा दुई जनालाई पराजित गर्दै बैद्य निर्वाचित भएका हुन् ।

शनिबार भएको निर्वाचनमा बैद्यले प्रत्यासी राजन मानन्धरलाई ३० मतान्तरले पराजित गरेका हुन् । बैद्यले ४८७, मानन्धरले ४५७ र वसन्तनारायण भोछिभोयाले ११७ मत प्राप्त गरेका थिए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रबिन्द्र बैदार निर्वाचित भएका छन् । जसले ६४३ मत र ग्रुवेन तौजलेले ४०२ मत प्राप्त गरेका थिए ।

दुई जना उपाध्यक्षमा सुरेस भक्त भोछिभोया र उमेश शाक्य विजयी भएका छन । विकास शर्मा तिमल्सिना र राजेन्द्र जोशीलाई पराजित गर्दै उनिहरू विजयी भएका हुन् ।

महासचिव पदमा रजित पलाञ्चोके विजयी भएका छन् । पलाञ्चोकेले ५६९ मत प्राप्त गरेका छन् भने प्रत्यासी यशकुमार रञ्जितले ४६५ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजक विज्ञा द्यौगेडा, सचिवमा कृष्ण लाल श्रेष्ठ, सहसचिवमा राजकुमार श्रेष्ठ, सह-कोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) र सह मुख्य संयोजकमा रवि तौजले विजयी भएका छन् ।

कार्यसमिति सदस्यहरूमा
हरिषचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके, रोशन खुप्पा श्रेष्ठ,राजनबहादुर ढकाल, रहदेव पोटे, सुजन मानन्धर, राजेन्द्र पसछे, नरेस राज कायस्थ, गौतम मानन्धर र सुमन चौप्रधान निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस