फुड फेस्टिभल तथा कुकिङ प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाली खानाको आफ्नै मौलिक पहिचान दिन र व्यवसायिक प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी र अन्तर–कलेज कुकिङ प्रतियोगिताको आयोजना हुने भएको छ ।

नेपाली सेफ सोसाइटीको आयोजनामा आगामी २०८२, वैशाख ४ गते अन्तर–कलेज कुकिंङ प्रतियोगिता हुनेछ भने । वैशाख ६ गते भृकुटीमण्डपमा नेपाली परम्परागत खानाको ऐतिहासिक प्रदर्शनी तथा व्यापार मेलाको हुने तय भएको छ ।

यो आयोजनाले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने विश्वास आयोजकले लिएको छ । मंगलबार ललितपुर् स्थीत् अकेडेमी अफ कुलिनरी आर्टस कलेजमा हुने कुकीङ प्रतियोगितामा कलेज तहका विद्यार्थी शेफहरूले आफुमा रहेको पाक–कला प्रतिभाको सीप प्रस्तुत गर्नेछन् ।

सोहि सीपको आधारमा प्रतियोगिता आयोजकले उत्कृष्ट कलेजका विद्यार्थी शेफहरूलाई पुरस्कृत गर्ने नेपाल सेप साेसाईटीका अध्यक्ष सेल एल. वि. कौसलले जानकारी गराएका छन । पुरस्कारको राशि क्रमश प्रथमलाई १ लाख, द्वित्तीयलाई ७५ हजार र तृतीयलाई ५० हजार प्रदान गरिनेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय