काठमाडौँ । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनाको तुलनामा पर्यटक आगमन बढेको हो। गत वर्ष सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए।
सेप्टेम्बरमा दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन्। तीमध्ये सबैभन्दा धेरै भारतबाट १७ हजार ४२५ जना आएका छन्। श्रीलङ्काबाट सात हजार १०८, बङ्गलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट आठ पर्यटक नेपाल आएका छन्।
त्यस्तै, अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्। चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक नेपाल आएका छन्।
युरोपबाट १५ हजार १४८, ओसियानाबाट पाँच हजार ४२२, अमेरिकाबाट १० हजार १०७, मध्यपूर्वबाट दुई हजार ६०६ र अफ्रिकाबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन्।
बोर्डका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा असर परेकाले अपेक्षाअनुसार पर्यटक आगमन हुन सकेन।











