काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो।
अब चितवन राइनोजले जितका लागि १५४ रन बनाउनुपर्नेछ।

