आइतबार, कार्तिक २९, २०८३
झापा र सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ, १७ ग्रामभन्दा बढी लागु औषध बरामद

काठमाडौँ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बु र २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन्। उनीहरूलाई कार्तिक २८ गते झापाको झापा गाउँपालिका–५ स्थित खादा बस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतिबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र.०१–०१–०१५ प ८५६७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट १६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले झापाको दमक नगरपालिका–४ का २७ वर्षीय नारायण प्रसाईँलाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको छ। उनको साथबाट १ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Is this conversation helpful so far?

सिफारिस

ताजा समाचार

लोकप्रिय