दुवई । गैरआवासीय नेपाली संघ (NRNA) – राष्ट्रिय समन्वय परिषद, दुवईको राष्ट्रिय महाधवेशन २४ अगस्त, २०२५ मा आगामी कार्यकाल (२०२५–२०२७) का प्रभावकारिता, समावेशीता, आर्थिक पारदर्शिता सहितको सबल र आत्मनिर्भर NA- NRNA निर्माण गरि नेपाली समूदायको ईज्जत वृद्दि गर्ने नेतृत्व स्थापना गर्ने संकल्पका साथ भूवनकुमार वाग्लेले कार्यसमिति अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान NRNA UAE महा-सचिव समेत रहनु भएका वाग्लेले छोटो समयममा यूएईका नेपाली श्रमीकहरूको समस्यलाई सबै समाधानमा सक्रिय भूमिका निर्वाहा गर्दै आएका छन् । उनले आफ्नो अनुभव, लगनशीलता र सेवाभावलाई आधार मानी आगामी कार्यकालमा NRNA NCC UAE लाई अझ सशक्त र प्रभावशाली बनाउन योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले उमेदवारी दिँदै गर्दा जनाएका प्रतिबद्धताहरु:
१. यूएईको नेपाली समूदायमा रहेको ठगी, दलाली र सामाजिक विकृति विरूद्ध आवाज उठाउने ।
२. पीडित दाजूभाई दिदिबहिनीको उद्दार राहतको लागि पुरुष र महिला छुट्टाछुट्टै शेल्टर बनाउने ।
३. मध्यपूर्वमै पहिलोपटक नेपालीहरूको आफ्नै कम्यूनिटी हल बनाउने ।
४. नेपाल फेस्टिभल आयोजना गरि नेपालको पर्यटन अभिवृद्दि तथा नेपाली उत्पादनहरूको यूएई तथा विश्वभरि बजारीकरण ।
५. यूएईस्थित नेपाली राजदूतावास र कन्सूलर कार्यालयको सेवा स्मार्ट र श्रमिक मैत्री बनाउन पहल गर्ने ।
६. आर्थिक पारदर्शिता सहितको सबल र आत्मनिर्भर NA- NRNA निर्माण गरि नेपाली समूदायको ईज्जत वृद्दि गर्ने ।




















