बुधबार, कार्तिक १२, २०८३
काभ्रेमा ठूलो परिमाणमा अवैध पटाका बरामद, युवक पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकमा प्रहरीले ठूलो परिमाणमा अवैध पटाकासहित १९ वर्षीय राहुल कुमार साहलाई पक्राउ गरेको छ।

धनुषाको जनकपुरबाट काठमाडौं आउँदै गरेको हाइस गाडीलाई धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङमा असई रामेश्वर पाण्डेको नेतृत्वमा सवारीसाधन चेकजाँच गर्ने क्रममा सुटकेस र तीनवटा बोरामा लुकाइएका विभिन्न प्रकारका पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीका अनुसार बरामद पटाकासहित पक्राउ परेका साहमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय