पोखरा । इलाका प्रहरी कार्यालय, आरुघाट, गोरखाका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । उनी असोज महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
अवैध हातहतियार नियन्त्रण, जबरजस्ती करणी गरी फरार व्यक्ति पक्राउ, हिमाल आरोहणका क्रममा मृत्यु भएका विदेशी नागरिकको उद्धार, उईनगुलुङ खोला थुनिएर बूढीगण्डकी नदीमा आएको बाढी बेलैमा पूर्वसूचना गरेका जस्ता कार्यको मूल्याङ्कन गर्दै इन्स्पेक्टर श्रेष्ठलाई उत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा उल्लेख गरिएको छ ।
प्रहरी कार्यालय प्रमुख डीआईजी दीपेन्द्र घर्ति क्षेत्रीले उनलाई प्रशंशा पत्र हस्तान्तरण गरेका छन् ।



