काठमाडौँ । साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ। आइतबार राति साढे ९ बजेतिर उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निधन भएको हो।
नन्दनको गीत, गजल र कविता लेखनमा सक्रिय थिए। चार गीति संग्रह, एक लघु काव्य र एक कविता संग्रह प्रकाशित छन्। उनका गीत नेपाली चलचित्रमा पनि समावेश छन् । नन्दनलाई राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका ‘गोल सिमल’ भन्ने गरेका थिए। विसं १९९२ साल जेठमा तनहुँ बन्दीपुरमा जन्मेका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए।
चितवनको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिर र दर्जनौँ साहित्यिक संघ संस्थामा नेतृत्व गरिसकेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कार लगायतका पुरस्कार र सम्मानबाट सम्मानित श्रष्ठा हुन् ।



















