काठमाडौ । प्रतिनिधिसभामा राप्रपा र एमाले सांसदबीच नोँकझोक चल्यो । राप्रपा सांसद रोशन कार्की बोलिरहँदा एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाए ।
नियमापत्ति जनाएर उठेका सांसद थापालाई सभामुख देवराज घिमिरेले के विषयमा र कुन नियमअनुसार नियमापत्ति हो भनेर सोधे । यसबेला कार्कीले भनिन्, ‘उहाँको बानी नै त्यस्तै हो, जेमा पनि बुरुकबुरुक हुनुहुन्छ । उहाँलाई बोल्न दिनुस्, त्यसपछि म मेरो कुरा राख्छु ।’
त्यसपछि समय पाएका थापाले ‘संसदमा लान्छनापूर्ण आरोपपूर्ण कुरालाई निषेध गरिनुपर्ने र रेकर्डबाट हटाइनुपर्छ’ भने । उनले मण्डलेकरणविरुद्ध लडेर आएको बताए । ‘कस्ता कागजमा सही गर्छाैं जानेर बुझेर सही गर्छौं’, थापाले भने ।
त्यसअघि कार्कीले खाली काजगमा सही गराउने पार्टी र सांसदलाई धिक्कार छ भनेकी थिइन् । मंगलबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदलाई खाली पानामा हस्ताक्षर गर्न संसदीय दलको निर्देशन थियो ।



















