काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ।
पार्टी प्रवक्ता मनिष झालका अनुसार बैठक दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ। बैठकमा रुपन्देही–३ का उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालनलगायतका विविध विषयमा छलफल हुने जनाइएको छ।



















