मंगलबार, बैशाख ०८, २०८३
राष्ट्रियसभामा आज विभिन्न विधेयक र समितिको प्रतिवेदन प्रस्तुत हुने

काभ्रे । राष्ट्रियसभाको बैठक आज अपराह्न ३:१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सभाध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोबारे जानकारी दिने कार्यक्रम छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले “संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेश गर्नेछिन्। राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२” सम्बन्धी प्रतिनिधिसभाबाट आएको सन्देश टेबुल गर्नेछन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१” माथि विचार गर्न प्रस्ताव पेश गर्ने कार्यसूची छ।

आजै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ। बिहान ११:३० बजे बस्ने कृषि समितिको बैठकमा “नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२” सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिको बैठकमा “संघीय निजामती सेवा विधेयक, २०८०” को मस्यौदा प्रतिवेदन बारे छलफल हुनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय