सोमबार, बैशाख ०७, २०८३
प्रधानमन्त्री ओलीको बेइजिङमा विजय उत्सव परेडमा सहभागिता

काभ्रे ।  प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजित विजय उत्सवको ८०औँ वार्षिकोत्सव विशेष सैनिक परेडमा सहभागी भएका छन्।

समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उपस्थित राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई स्वागत गरेका थिए। परेड सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा समेत सहभागी भए।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा गएका हुन्। औपचारिक भ्रमण सकेर उनी आजै स्वदेश फर्कँदैछन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय